सुनको भाउ बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, १३ फागुन । नेपाली बजारमा सुन–चाँदीको भाउ आइतबार बढेको छ । 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो । छापावाल सुन प्रतिताला १ लाख १८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो । 

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्