गोदावरी फूलको प्रदर्शनी कात्तिक ३ बाट

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १ कात्तिक ।।गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी ३ देखि ६ कात्तिकमा जावलाखेलमा हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी गर्न लागेको हो ।

मेला संयोजक सिताराम पन्तका अनुसार फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धनका लागि प्रदर्शनी हुन लागेको हो ।

तिहार तथा छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शनी हुने उनले बताए । प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरी ५५ वटा प्रदर्शनी कक्ष रहने छन् ।

हरेक वर्ष तिहारमा २० लाख सयपत्री, मखमली ३ लाख र गोदावरीको २५ हजारसम्मको मालाहरू खपत हुने गरेको फ्लोरिकल्चर एशोसिएसनको आकडा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्