अमेरिका र चीन बिच ‘पाण्डा कुटनीति’ सार्थक , चीनले थप पाण्डा अमेरिकालाइ दिने

खबर बुक
  • ख-
  • ख+

बेइजिङ, ११ फागुन । चीनले अमेरिकालाइ उपहार स्वरूप पाण्डा पठाउने भएको छ । 

चीनका अनुसार सान डिएगोको चिडियाखानामा पाण्डाहरू पठाउन चीनले अमेरिकासँग एक सम्झौतामा हस्ताक्षरसमेत गरेको छ  ।

चीनका बिदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमार्फत भने, ‘चिनियाँ संस्थाहरूले अमेरिकाको सान डिएगो चिडियाखानासँग सम्झौता गरिसकेका छन्।’

उनले अगाडी भनिन, ‘यो सम्झौता विशाल पाण्डा संरक्षणमा सहयोगको नयाँ चरणमा केन्द्रित रहेको छ ।’ उनले भनिन्।

उनका अनुसार चीनवाट पाण्डा पठाउनका लागि स्पेनको म्याड्रिड सहरको चिडियाखानासँग पनि एउटा सम्झौतामा हस्ताक्षर गरिएको छ भने बेइजिङले वाशिंगटन र भियनाका चिडियाखानाहरूसँग पाण्डाका लागि वार्ता गरिरहेको छ ।

चीनले लामो समयदेखि आफ्नो विदेश नीतिको उद्देश्यलाई अगाडि बढाउन ‘पान्डा कूटनीति’ को रूपमा विभिन्न देशहरूमा फ्लफी राजदूतहरूलाई खटाएको छ।

तर, संयुक्त राज्य अमेरिकामा अन्तिम बाँकी रहेका पाण्डाहरू, जो हाल दक्षिणी शहर एटलान्टाको चिडियाखानामामा रहेका छन, ती भने २०२४ को अन्त्यसम्ममा चीन फर्किनेवाला छन्।

तर गत वर्ष अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले  ‘चिनियाँ र अमेरिकी जनताबीचको मित्रताका दूत’का रूपमा नयाँ पाण्डा पठाउन सक्ने बताएका थिए। ह्वाइट हाउसले बाँस चपाउने पाण्डा थप पाउँदा खुसी हुने प्रतिक्रिया दिएको थियो ।

‘विशाल पाण्डाहरू चीनको राष्ट्रिय खजाना हुन् र संसारभरका मानिसहरूले तिनीहरूलाई गहिरो माया गर्छन्,’ माओले बिहीबार भनिन्, ‘हामी सम्बन्धित देशहरूसँग विशाल पाण्डाहरूको संरक्षणमा अन्तर्राष्ट्रिय सहयोगको नयाँ चरणको लागि तत्पर छौं ।’

वातावरणीय समूह विश्व बन्यजन्तु काेषकाअनुसार जंगलमा अनुमानित १८६० विशाल पाण्डाहरू मात्रै बाँकी छन्, र लगभग ६०० वटा पाण्डा केन्द्र र चिडियाखाना र विश्वव्यापी वन्यजन्तु पार्कहरूमा कैद रहेका छन।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्