
काठमाडौं, ११ फागुन । चन्द्रगिरि हिल्सले आज बिहान देखि राति ९ बजेसम्म केबलकार सञ्चालन गर्ने जनाएको छ ।
हिमपात भएसंगै हिउँ खेल्न जानेहरुको सुविधाका लागि कम्पनीले बिहानैदेखि केबलकार सञ्चालन गरेकाे हो । केवलकार बिहान ७:०० बजेदेखि बेलुका ९:०० बजेसम्म सञ्चालन रहने चन्द्रागिरि हिल्सले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले हिजाे काठमाडौंसहित देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ ।
विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौँमा तीन दशमलव छ मिलिमिटर वर्षा भएको छ । वर्षासँगै काठमाडौं आसपासका डाँडाहरुमा हिमपात भएको छ । फूलचोकी, चन्द्रागिरी लगायका स्थानमा हिमपात भएको छ ।