काँग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

नेपाली काँग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ ।

दिउँसो २ बजे पार्टी कार्यालय सानेपा ललितपुरमा बस्ने बैठकमा आगामी मङ्सिर ४ को निर्वाचनमा कसरी पार्टीको नेतृत्वदेखि गाउँस्तरका कार्यकर्ता परिचालन गर्ने भन्ने बारेमा छलफल हुने काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चुनावका लागि तयार पारिएको घोषणापत्रलाई अन्तिम रूप दिने काम पनि भइरहेको छ । पर्सिसम्ममा घोषणापत्रलाई प्रेसमा पठाउने तयारी भएको सचिव पौडेलले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्