काभ्रेपलाञ्चोकमा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काभ्रेपलाञ्चोक, ३१ असोज । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ कुखुरेपाखामा आज जेसिबी अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जेसिबि चालक रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् ।

कुखुरेपाखाबाट कटुन्जे तर्फ जादै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबि अनियन्त्रित भएर आज बिहान १० बजे सडकबाट ९५ फिट तल खोलामा खसेको प्रहरी चौकी कटुन्जेले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्