आचारसंहितामा कडाई गर्दै निर्वाचन आयोग, मन्त्री चौधरीलाई २४ घन्टे स्पष्टीकरण

खबर बुक
  • ख-
  • ख+

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालनामा कडाइ गरेको छ । आयोगले आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति तथा संस्थालाई सचेत गराउने तथा स्पष्टिकरण सोध्ने गरिरहेको छ ।

हिजो आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । मन्त्री चौधरीले निर्वाचन क्षेत्रका बाढीपीडितलाई चामल बाँडेको घटनामा आयोगले २४ घण्टाभित्र जवाफ दिन भन्दै स्पष्टीकरण सोधेको हो ।

आयोगले चामल वितरण गर्दा आचारसंहिता उल्लङ्घन भएन भन्ने पुष्ट्याइँको आधार के छ ? भनी सोधेको हो । आयोगले बाढी पीडितलाई चामल वितरण गर्न पूर्वसहमति लिएको छ कि छैन भनेर पनि सोधेको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले सीआईएनलाई जानकारी दिनुभयो ।

सहमतिबिना चामल वितरण गरेको भए यो कार्यक्रम नेपाल सरकारको वार्षिक कार्यक्रम भित्र समावेश छ कि छैन भनेर आयोगले जिज्ञासा राखेको छ ।

विपदको समयमा राहत वितरण गर्नैपर्ने भएमा जिल्ला प्रशासन कार्यालय मार्फत गर्न सकिने हुँदाहुँदै आफैं किन उपस्थित भएको भनेर पनि आयोगले सोधेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्