तानसेनमा पोखरीमा डुबेर बालकको मृत्यु

न्युज कारखाना 
  • ख-
  • ख+

तानसेन, ३० असोज

तानसेन नगरपालिका-२, नारायणस्थानको पोखरीमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर ज्यान गएको छ ।

आइतबार दिउँसो पोखरीमा पौडी खेल्न गएका तानसेन-६ टुँडिखेल नजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुलीको ज्यान गएको हो ।

पोखरीमा डुबेका पराजुलीलाई अस्थायी प्रहरी विट नारायणस्थानबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्दार गरी युनाइटेड मिसन अस्पताल पुर्‍याइएकोमा मिसन अस्पतालका चिकित्सकले बालकलाई मृत घोषणा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्