नवौं राष्ट्रिय खेलकद प्रतियोगिता: एपीएफ क्लब अपराजित रहदै सेमिफाईनलमा

खबर बुक
  • ख-
  • ख+

नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रहदै सेमिफाईनल पुगेको छ ।

पोखरामा आईतबार भएको खेलमा यस अघि नै सेमिफाईनल पुगेको नेपाल एपीएफ क्लबले आफ्नो चौथो खेलमा सुदुरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । सुदुरपश्चिमले दिएको ९३ रनको लक्ष्य पछ्याएको एपीएफले १६ औं ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्यो । एपीएफको जितमा ईन्दु बर्माले ४५ बनाईन् । ज्योती पाण्डेले ११ रन जोड्दा रोमा थापाले अविजित ११ रन बनाईन् । पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो । जितसँगै एपीएफ ४ खेलमा ८ अंक जोड्दै समूह ’ए’ बाट समूह बिजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको छ । सुदुरपश्चिम भने ४ खेलमा २ अंकका साथ चौथो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै प्रतियोगितामा बागमती प्रदेशले समूह ’ए’ को उपबिजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरामा रंगशालामा आइतबार भएको खेलमा मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै बागमतीले सेमिफाइनलमा स्थान बनाएको हो । मधेश प्रदेशले दिएको ५५ रनको लक्ष्य बागमती प्रदेशले १३ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । बागमतीको जितमा सुमन खतिवडाले अविजित १७ तथा अनिशा मजाकोटीले अविजित १६ रन बनाईन् । अस्मिता खरेलले १३ रन जोड्दा कंचन श्रेष्ठले ५ रन बनाईन् । त्यस अघि पहिले ब्याटिङ गरेको मधेसले १८ दशमलब २ ओभरमा अलआउट हुदै ५४ रन बनायो । समूह ’ए’ मा रहेको बागमती ४ खेलमा ६ अंकका साथ उपबिजेताका रुपमा सेमिफाइनल पुगेको हो । मधेस भने ४ खेलमा ४ अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्