तीज आफना अभिब्यक्ति गर्ने महत्वपुर्ण अवसर: सभामुख सापकोटा

खबर बुक
  • ख-
  • ख+

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजको अअवसरमा सम्पूर्ण नेपाली दिदी बहिनीहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएकाे छ ।

सभामुख सापकोटाले हरितालिका तीजले सामूहिक रुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास लिनुभएकाे छ ।

तीजलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन सभामुख सापकोटाको आग्रह समेत छ ।

तीज नेपाली महिलाहरुले मनाउने मौलिक पर्व भएको उल्लेख गर्दै सभामुख सापकोटाले यस पर्वमा परिवारका सदस्यहरुको पुनर्मिलन, साथी सँगीसँग भेटघाट गरेर आफ्ना सुख दु:ख साटासाट गर्ने, विभिन्न परिकार बनाएर खाने, गीत–संगीतका माध्यमबाट मनोरञ्जन लिने बिषयलाई बिज्ञानसँग जोडनु पर्ने उहाको तर्क छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्