समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र छपाइको काम सम्पन्न

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ असोज । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली तर्फको सम्पूर्ण ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।

प्रतिनिधिसभा तर्फको समानुपातिक प्रणालीका लागि २ करोड ४ लाख २१ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।

यसैगरी ७ वटै प्रदेशका लागि समानुपातिक तर्फको २ करोड १ लाख ८४ हजार मतपत्रको छपाइ सम्पन्न भएको छ ।

समानुपातिक निर्वाचन प्रणाली तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानीसमेत सुरु भइसकेको छ ।

हालसम्म १८ जिल्लामा समानुपातिक निर्वाचन प्रणाली तर्फको मतपत्र ढुवानी भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

जसमा खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्ला रहेका छन् ।

पहिले हुने निर्वाचित हुने प्रणालीका लागि आज सम्म १७ लाख मतपत्र छपाइ भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्