
काठमाडौं, २९ असोज । नेपालमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७ सय ४५ पिसिआर परिक्षणका क्रममा ४५ जना र १ हजार १८ एन्टीजेन परिक्षणका क्रमम ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन भने थप १६ जना निको भएका छन् ।
हाल नेपालमा ६ सय ६७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।