टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा कम्तिमा २५ जनाको मृत्यु भएको छ ।

विष्फोटमा परी कम्तिमा २८ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार खानीमा ५० जनाभन्दा धेरै कामदारहरू फसेको र उनीहरूको उद्धारका लागि प्रयास भइरहेको छ ।

बार्टिनको अमासरा सहरमा रहेको उक्त खानीमा ज्वलनशील ग्यासका कारण विस्फोट भएको बताइएको छ । खानीमा विष्फोट भएको सूचना पाउनेबित्तिकै गृहमन्त्री सुलेमान सोयलू घटनास्थल पुग्नुभएको थियो ।

उहाँका अनुसार विष्फोटका बेला खानीमा १ सय १० जना कामदार काम गरिरहेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्