काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा घोषणापत्रको मस्यौदा माथी छलफल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज २८
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा चुनावका लागि कार्यदलले तयार पारेको घोषणापत्रको ड्राफ्ट पेश भएको छ ।

बैठकमा घोषणापत्रको दस्तावेजमा छलफल सुरु भएको छ । महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा गठित कार्यदलले पेश गरेको घोषणापत्रको ड्राफ्टमा नेताहरूले सुझाव दिएका छन् । घोषापत्रको मस्यौदामा प्राप्त सुझाबको आधारमा यसलाइ थप परिमार्जन गर्ने तयारी भइरहेको छ ।

केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले संविधानको रक्षा र नेपाली जनताको सुरक्षा, आर्थिक विकास र समुन्नत नेपाल निर्माण, सीमान्तकृत समुदायको आयको सुनिश्चितता, सामाजिक न्याय र सामाजिक सुरक्षाको प्रत्याभुति, समान पहिचान र प्रतिनिधित्वको व्यवस्था, युवाहरूलाई आकर्षण हुने खालको घोषणापत्र बनाउन सुझाव दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्