![](http://khabarbook.com/wp-content/uploads/2022/10/Dean-Thompson-arrived-in-Nepal-1.jpg)
काठमाडौं, असोज २७
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन् । राजदूत र्याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएका एक हप्तापछि नवनियुक्त राजदूत थम्पसन नेपाल आइपुगेका हुन् ।
काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार बिहीबार नेपाल आइपुेगका राजदूत थम्पसनले केही दिन आराम गरेपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् ।
राजदूत बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएसँगै आफ्नो चार वर्षे कार्यकाल सकाएर गत आइतबार स्वदेश फर्किएका थिए ।