पीएम कपमा आज दुई खेल हुदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ माघ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैँछन् ।

आज भैरहवामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशको सामना गर्दै छ भने मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ । 

कर्णाली प्रदेशले अहिलेसम्म २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । त्यसैगरी लुम्बिनी प्रदेशले पनि एक खेलमा जित हासिल गरेको छ भने एक खेलमा हार बेहोरेको छ । 

त्यसैगरी बागमती प्रदेशले अहिलेसम्म खेलेका ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ भने त्रिभुवन आर्मी क्लबले खेलेको एक खेलमा जित हासिल गरेको छ । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्