मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीका कारण एन्फालाई सात हजार अमेरिकी डलर जरिवाना

खबर बुक
  • ख-
  • ख+

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई सात हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

कुवेतमा भएको एएफसी एसियन कप छनोटका क्रममा प्रतियोगिताको आचारसंहिता उलंघन गरेको भन्दै सो जरिवाना गरिएको एएफसीको अनुशासन तथा इथिक कमिटिले जनाएको छ ।

प्रतियोगीताअन्तर्गत जुन १४ मा भएको इन्डोनेसियाविरुद्धको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेल अघि ड्रेसिङ रुपमा प्रवेश गरेको र खेलपछि एक्रिडिटेशन कार्ड लिएर मैदान प्रवेश गरेको एएफसीले बताएको छ ।

त्यस्तै इन्डोनेसियाविरुद्धको खेलको पहिलो हाफ सुरु हुन ढिलाइ गर्दा एन्फालाई थप १ हजार अमेरिकी डलर जरिवाना गरिएको एएफसीले जनाएको छ ।

जरिवानाको २५ प्रतिशत रकम ९० दिनभित्र तिर्नुपर्ने र बाँकी रकम दुई वर्षभित्र तिर्न सकिने एएफसीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्