नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत दुई खेल नवलपुरमा हुँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ असोज । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी लगभग पूरा भएको छ । असोज २८ गते औपचारिक उद्घाटन हुने प्रतियोगिताका केही खेल भने यसअघि नै सुरु भइसकेका छन् ।

प्रतियोगिताका दुई खेल हुने नवलपुरमा तयारी पूरा भएको छ । प्रतियोगिता अन्तर्गत नवलपुरमा सेपाकताक्रो र कुस्ती खेलमा प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगिताका लागि लगभग सबै खेलाडी नवलपुर पुगिसकेका छन् । सेपाकताक्रो नवलपुरको कावासोतीमा रहेको योङ्गस्टार कभर्ड हलमा हुने छ भने कुस्ती खेल डण्डाको थारु सङ्ग्रहालयमा हुनेछन् ।

प्रतियोगिताको आयोजना जिल्लाको प्रतिष्ठासँग पनि जोडिएकाले प्रतियोगिता सफल बनाउन कुनै कसर बाँकी नराखिएको जिल्ला खेलकुद समिति नवलपुरका अध्यक्ष सेतमान पुनले बताउनुभयो ।

आफुलाई अब्बल प्रमाणित गर्न मात्र नभएर थप सम्भावनाको ढोका खोल्न पनि महत्वपूर्ण हुने प्रतियोगितामा राम्रो नतिजा ल्याउन खेलाडी पनि तयारी अवस्थामा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्