दोहोरो कुराकानी गर्न थाले शताब्दी पुरुष जोशी : अस्पताल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २६ असोज । शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि २० दिनअघि किष्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ ।

अस्पतालले बुधबार जारी गरेको सूचनाअनुसार पछिल्लो समय उनको मुटुको चालमा देखिएको समस्या र निमोनियाको उपचार भइरहेको छ । खकार परीक्षण गर्दा एन्टिबायोटिक निरन्तर दिइरहनुपर्ने देखिएको छ । यद्यपि, उनले सामान्य दाेहोरो कुराकानी गर्न थालेको अस्पतालको भनाइ छ ।

उनलाई अहिले अस्पतालको डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्षसरहकै निगरानीमा उपचार गरिरहेको पनि अस्पतालले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्