सरकार संरक्षित समूहले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको एमालेकाे आरोप

खबर बुक
  • ख-
  • ख+

नेकपा एमालेले सरकार संरक्षित समूहले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको आरोप लगाएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद तथा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त्रिविमा ताला लगाउने र प्राध्यापक कुट्ने समूहलाई नै सरकारले संरक्षण गरेको आरोप लगाउनुभएकाे हाे ।

सरकार नेतृत्वकर्ता दल कांग्रेसको भ्रातृ संगठन नेविसंघले त्रिविमा तालाबन्दी  गरेको उहाको भनाइ छ । त्रिविमा तालाबन्दीसहित नेविसंघले गरिरहेका क्रियाकलापमा सरकारले संरक्षण गरेको आरोप लगाउँदै ज्ञवालीले तत्काल यस्ता गतिविधि बन्द गर्न माग गर्नुभयाे ।

विद्यार्थी संगठनको नेतृत्व लिएका व्यक्ति नै अहिले देशको सर्वाेच्च पदमा पुगेको बताउनुका उहाले त्रिविमा ताला लगाउने, प्राध्यापकलाई कुट्ने जस्ता कार्य गर्नेलाई कारबाहीबाट जोगाउन प्रहरीबाट सुरक्षा दिने र महान्यायाधिवक्ताबाट मुद्दा रोक्ने भन्दै आफ्ना कार्यकर्तालाई गलत शिक्षा दिएको आरोप लगाउनुभयाे ।

नेविसंघले लामो समयदेखि त्रिविमा तालाबन्दी गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्