
काठमाडौ, २५ असोज । भारत र दक्षिण अफ्रीकाबीचको तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ ।
भारतको दिल्ली स्थित अरुण जेटली क्रिकेट रङ्गशालामा हुने भारत र दक्षिण अफ्रीकाबीचको खेल दिउँसो १ः ४५ बजे सुरु हुनेछ ।
तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा भारत र दक्षिण अफ्रीका १–१ को बराबरीमा छन् । त्यसकारण आजको खेल दुबै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।