१४ सडक अझैँ सञ्चालनमा नआउँदा यात्रुहरूलाई समस्या

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, २५ असोज । लगातारको वर्षाका कारण आएको बाढी, पहिरोबाट अवरुद्ध भएका १४ सडक अझैँ सञ्चालनमा नआउँदा यात्रुहरूलाई समस्या भएको छ ।

असोज १८ बाट निरन्तर परेको पानीका कारण राष्ट्रिय राजमार्ग अन्तर्गतका ४४ सडक खण्ड अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

विभागका अनुसार २३ सडक खण्ड भने सञ्चालनमा आइसकेका छन् । कर्णाली प्रदेशका कालिकोट, जुम्लालगायतका जिल्लाका सडक खण्ड बढी प्रभावित भएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्