उदयपुरमा ६४ र सप्तरीमा १२७ उम्मेदवार

खबर बुक
  • ख-
  • ख+

उदयपुर, २४ असोज । उदयपुरको निर्वाचन क्षेत्र १ र २ मा आसन्न ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्रणसहित ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट तीन जना र प्रदेशसभा सदस्यमा पाँच जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन क्षेत्र १ बाट सत्तारुढ गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डा. नारायण खड्का, एमालेबाट मन्जुकुमारी चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट खुशिलाल ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट कम्पसबहादुर राई, नेपाल मजदुर किसान पार्टीबाट विष्णुबहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पाटीबाट धुव्रकुमार रायमाझी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उद्धव अधिकारी, जनता समाजवादी पार्टी नेपालबाट गोपाल राई, सचेत नेपाली पार्टीबाट हरिबहादुर बुढाथोकी, नागरिक उन्मुक्ति पाटीबाट कृतनारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पाटी नेपालबाट ललकु चौधरी, मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट केशरबहादुर मगर, जनता प्रगतिशील पार्टीबाट मुकेश सहनी, नेपाल कम्युनिष्ट पार्टी मालेबाट रामप्रसाद चौलागाईं, स्वतन्त्रबाट राम श्रेष्ठ चौधरी गरी १६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ बाट सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडा,  एमालेबाट अम्बरबहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिलकुमार श्रेष्ठ, कांग्रेस बिपिबाट केशबबहादुर पाण्डे, नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहादुर बुढाथोकी, मंगोल अर्गनाईजेशन पार्टीबाट भाष्कर राई, हाम्रो नेपाली पार्टीबाट लोबहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट बन्सिधर न्यौपाने,  जनजागरण पार्टी नेपालबाट बिन्दाकुमारी कटुवाल, जनता समाजवादी पार्टी नेपालबाट सिद्धान्त राई, स्वतन्त्रबाट रामकुमार राई, स्वतन्त्रबाट राममणि पौडेल गरि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उदयपुरका चारवटै प्रदेशसभा  निर्वाचन क्षेत्रमा ३६ जनाकाे उम्मेदवारी परेकाे छ ।

उता सप्तरीमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि विभिन्न पार्टी र स्वतन्त्र गरी १२७ जनाले मनोनयन दर्ता गराएका छ्न् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि आइतबार विभिन्न पार्टी तथा स्वतन्त्र गरी १२७ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जानकारी दिएको छ ।

सप्तरी १ मा प्रतिनिधिसभामार्फत एमाले-जसपा गठबन्धनबाट नवलकिशोर साह, सत्तारुढ गठबन्धनबाट रामदेव साह, मंगोल नेसनल अर्गनाइजेसनबाट पदमबहादुर राना, नेपाल मजदुर किसान पार्टी हरिशंकर पण्डित,राष्ट्रिय प्रजातन्त्र पार्टी विष्णुदेव यादव, नागरिक उन्मुक्ति पार्टी टीकालक्ष्मी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागेश्वरप्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टी निरंजनप्रसाद कुशवाह, स्वतन्त्र उम्मेदवार कविन्द्र यादव, सर्वेन्द्रकुमार नायक, नारायण ठाकुर, विद्यानन्द लेखी, दिलीपकुमार चौधरी छ्न् ।

सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसहित ११ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । एमाले-जसपा गठबन्धनबाट यादव, सत्तारुढ गठबन्धनको तर्फबाट जयप्रकाश ठाकुर, जनमत पार्टीबाट राउत उठ्दैछन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कैला मन्सुरी मियाँ, हाम्रो नेपाली पार्टीबाट डम्बरनारायण साह तेली, नेपाली कांग्रेस( बिपी) बाट प्रा. डा. चिरञ्जीवी लाल दास, नेपाल मज्दुर किसान पार्टीबाट देवनारायण यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट हजरत अलि, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरुणकुमार झा र स्वतन्त्र उम्मेदवार वीरेन्द्रकुमार मिश्राले मनोनयन दर्ता गराएका हुन् ।

सिराहा ३ मा एमाले-जसपा गठबन्धनबाट ताराकान्त चौधरी, सत्तारुढ गठबन्धनबाट दिनेशकुमार यादव, हाम्रो नेपाली पार्टीबाट नवीनकुमार मण्डल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोदकुमार साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गंगाराम ठाकुर र स्वतन्त्रबाट सिताराम मण्डलले मनोनयन दर्ता गराएका छ्न् ।

सिराहा ४ मा सत्तारुढ गठबन्धनबाट तेजुलाल चौधरी, एमाले जसपा गठबन्धनबाट वालकिशोर यादव, नागरिक उन्मुक्ति पार्टीबाट देवान मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मो.इरफान आलम,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कपिलदेव यादव, स्वतन्त्रबाट माधुरीकुमारी साह, सुरेशकुमार चौधरी थारुले मनोनयन दर्ता गराएका छ्न् ।

यसैगरी प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर १ क‍ बाट एमाले जसपा गठबन्धनबाट राजकुमार लेखी, सत्तारुढ गठबन्धनबाट अशोककुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रामआशीष शर्मा, स्वतन्त्रबाट शम्भुबहादुर खड्का, हेमराज तातेड, (ख) को प्रदेश सभा सदस्यमा जसपा- एमाले गठबन्धनबाट सुदम्बर यादव,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट वलदेव साँफी, स्वतन्त्र उम्मेदवारमा रामचन्द्र मण्डल, संतोष कुमार रजकले मनोनयन दर्ता गराएका छ्न ।

सप्तरी २ क बाट एमाले-जसपा गठबन्धनबाट शैलेन्द्रप्रसाद साह, सत्तारुढ गठबन्धनबाट सरोजकुमार मण्डल, जनमत पार्टीबाट सतिशकुमार सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जयनारायण मण्डल, जनता प्रगतिशील पार्टी नेपालबाट सत्यनारायण मुखिया, हाम्रो नेपाली पार्टीबाट कन्हैयाकुमार ठाकुर, नेपाल सद्भावना पार्टीबाट गंगाप्रसाद यादव, नेपाली कांग्रेस ( बिपी) बाट रामनारायण राय,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कालिचन्द्र राय, नेपाल मजदुर किसान पार्टीबाट विणादेवी यादव, स्वतन्त्रबाट कामेश्वर मण्डल, गिरधर मण्डल, पुनिता कुमारी ठाकुर, धिरेन्द्रकुमार साह, चन्द्रकला सिंहले मनोनयन दर्ता गराए ।

क्षेत्र नम्बर २ को (ख) मा सत्तारुढ गठबन्धनबाट उमेशकुमार यादव, एमाले जसपा गठबन्धनबाट लक्षमण यादव, जनमत पार्टीबाट महेशकुमार यादव,नेपाल संघीय समाजवादी पार्टीबाट मो.फरमुद, हाम्रो नेपाली पार्टीबाट खेलानन्दकुमार दास,नेपाली कांग्रेस (बिपी) बाट प्रतिमाकुमारी देव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट फुदनलाल खंग, नेपाल मज्दुर किसान पार्टीबाट महिदेव प्रसाद चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी फलेन्द्र मण्डल, स्वतन्त्रबाट सकुन्तलादेवी यादव, रिंकुदेवी यादव, दुर्गानन्द यादवले मनोनयन दर्ता गराए ।

क्षेत्र नम्बर ३ क बाट सत्तारुढ गठबन्धनबाट मो. समिम, एमाले-जसपा गठबन्धनबाट जोगेन्द्र भगत, जनमत पार्टीबाट रामप्रसाद मण्डल राजधोव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट रामकुमार यादव,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुदेव चौधरी, स्वतन्त्रबाट गनुप्रसाद साह,पप्पुकुमार यादव, संजीव नारायण यादव, महेन्द्रप्रसाद चौधरी, मो. आलम, राजेशकुमार यादव, मो. कादिर, रामकुमार यादव रहेका छ्न् ।

खतर्फ जसपा-एमाले गठबन्धनबाट विदेश्वर यादव बिक्की, सत्तारुढ गठबन्धनबाट गजेन्द्रकुमार मण्डल, नेपाली कांग्रेसबाट भगवतीप्रसाद यादव,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट डोमनी देवी राम, जनमत पार्टीबाट शम्भुकुमार साह, नागरिक उन्मुक्ति पार्टीबाट भुवनेश्वर चौधरी, स्वतन्त्रबाट अरमेन्द्र यादव, राधेश्याम पंडित, श्रीकान्त राउत लगायतका छ्न ।

क्षेत्र नम्बर ४ (क) मा एमाले-जसपा गठबन्धनबाट वालकृष्णा चौधरी थारु, सत्ता गठबन्धनबाट गोविन्दबहादुर न्यौपाने, जनमत पार्टीबाट रोशनप्रसाद भगत, नागरिक उन्मुक्ति पार्टीबाट भुबमेश्वर चौधरी थारु लगायतका छ्न । (ख) बाट जसपा-एमाले गठबन्धनबाट अविषेक यादव, सत्तारुढ गठबन्धनबाट इन्द्रदेव यादव, नागरिक उन्मुक्ति पार्टीबाट भरतकुमार चौधरी थारु रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्