गायिका पौडेलले गाएको भारतीय चलचित्र ‘सालार’ को गीत सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २८ मङ्सिर ।गायिका मेनुका पौडेलले गाएको भारतीय चलचित्र ‘सालार’ को गीत सार्वजनिक गरिएको छ ।

‘सुरज ही छाव बान्के’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । यस गीतलाई रवि बासरुरले निर्देशन गरेका हुन् भने यसमा शब्द रिया मुखर्जीको रहेको छ ।

प्रभासको मुख्य भूमिका रहेको यो चलचित्रलाई केजीएफका निर्देशक प्रशान्त निलले निर्देशन गरेका हुन् । यो चलचित्र डिसेम्बर २२ मा रिलिज हुँदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्