एनसेल बिक्री शंकास्पद छ -सत्ता गठबन्धन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १९ । एनसेल खरिदबिक्रीका विषयमा सरकारले गम्भीर अध्ययन र छानबिन गर्ने निष्कर्ष आज बसेको गठबन्धन बैठकले निकालेको छ ।

प्रधानमन्त्रीले डाकेको बैठकमा एनसेलको खरिदबिक्री नेपालको कानून अनुकुल नरहेको र शंकास्पद रहेकोमा सबैले साझा धारणा राखेका थिए ।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले नै एनसेलको खरिदबिक्री प्रचलित कानून बमोजिम नभएको भनेर प्रष्ट्याएको तथा सबैले त्यसमा समर्थन जनाएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्