कैलाली-५ मा एमालेबाट नारदमुनी रानाले गरे मनोनयन दर्ता

खबर बुक
  • ख-
  • ख+

धनगढी, २३ असोज । कैलाली क्षेत्र नम्बर–५ मा नेकपा एमालेका तर्फबाट नारदमुनी रानाले प्रतिनिधिसभाको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर रानाले उम्मेदवारीका लागि मनोनयन दर्ता गरेका हुन् । राना कैलाली–५ बाट २०७४ को निर्वाचनमा विजयी भएका थिए ।  राना एमाले पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज हुन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्