यौनधन्दामा लगाइएका ३ नाबालिगको नयाँ बसपार्क र कलङ्कीबाट उद्धार, हाेटेल सञ्चालक पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ मंसिर । जबरजस्ती यौन धन्दामा लगाइएका ३ जना नाबालिगहरूलाई प्रहरीले उद्धार गरेको छ ।

कलङ्की र नयाँ बसपार्कबाट ३ जना नाबालिगहरूलाई उद्धार गरिएको मानव बेचबिखन ब्यूरोका एसपी कृष्ण पंगेनीले बताए ।

नाबालिगलाई यौन धन्दामा लगाएको आरोपमा ब्यूरोले नयाँ बसपार्क स्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालन गर्ने तनहुँ घर भएकी २५ वर्षीया पूजा राना उर्फ सपना तामाङलाइ पक्राउ गरेको छ ।

मङ्सिर १४ मा उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको एसपी पंगेनीले जानकारी दिए । प्रहरीले उनीविरुद्ध मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

आरोपीले आर्थिक अवस्था कमजोर भएका ग्रामीण भेगका महिलाहरूलाई आकर्षक सुविधा सहित काममा लगाउने आश्वासन दिएर काठमाडौँमा बोलाउने र यौनधन्दामा लगाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

कलङ्की र नयाँ बसपार्कको गेष्ट हाउसमा राखेर ती नाबालिगहरूलाई जबरजस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने गरेको अनुसन्धानबाट थाहा भएको एसपी पंगेनीले जानकारी दिए । पूजा रानाले विगत १० महिनादेखि सो काम गरेको खुलेको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्