प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ मंसिर ।जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्कनुभएको छ ।

सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट् दुबईबाट आइतबार साँझ स्वदेश फर्कनुभएको हो । स्वदेश फर्केपछि प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगाएतले त्रिभुवन बिमानस्थलको अति विशिष्ठ कक्षमा स्वागत गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो ।

स्वदेश फर्केपछि प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा नेपालको सहभागीता सफल भएको बताउनुभयो । कोपको सम्बोधनका क्रममा आफुले जलवायु परिवर्तनको जोखिममा परेका अति कम विकसित मुलुकले भोग्नुपरेका समस्या सम्बोधन गर्नका लागि वित्तीय लगानी र प्रविधिको परिचालनमा विलम्ब गर्न नहुनेमा जोड दिएको बताउनुभयो ।

नेपाल लगायत अति कम विकसित मुलुकहरूका विपद र जलवायु परिवर्तनका कारण सिर्जित समस्या सम्बोधन गर्न साधन स्रोत र प्रविधिको अभाव भएको हुँदा साधन स्रोतका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको उहाले बताउनुभयो ।

कोप सम्मेलनको चार दिन नेपाल चर्चाको बिषय रहेको भन्दै आफुले सोचेको भन्दा राम्रो भएको धारणा राख्नुभयो । त्यस्तै उहाले सरकार गठन भएदेखि नै मन्त्रिमण्डल फेर बदलको कुरा चलेपछि अहिले कुनै सत्यता नभएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले आफु युएई जादा यात्रु छुटेको बिषयमा जानकारी नभएको र युएई पुगेपछि मात्रै जानकारी प्राप्त गरेको भन्दै आफुलाई स्वदेशमा नै जानकारी प्राप्त भएको भए सवै यात्रुलाई लिएर जाने जिकिर गर्नुभयो । युएइको भ्रमणका क्रममा उहाले अन्य देशका प्रतिनिधिसंग साइडलाईन कुराकानी समेत गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्