
काठमाडौं, १७ मंसिर । अति सकटापन्न अबस्थामा रहेको घडीयाल गोही सरक्षण गर्ने उद्देश्यले चितवनमा नेपाल गोही संरक्षण मेला २०८० आयोजना हुनेभएको छ ।
उक्त गोही मेला चितवनको पर्यटकीय क्षेत्र सौरहामा यही मसिर २२ र २३ गते हुने भएको हो । गोही प्रजातीको प्रभाबकारी सरक्षण स्थानिय समुदायको सहभागिता बैज्ञानिक सुचना र जानकारीका साथै समग्र गोही प्रजातीको दिगो सरक्षण रणनिति तयार र नयाँ पिढीमा सरक्षण सस्कृतिको बिकास गर्नको लागि मेलाको आयोजना गरीएको संयोजक रन्जना भट्टले बताउनु भयो ।
केयर अफ नेचरको आयोजनामा हुने उक्त मेलामा मेलाको २ दिन सम्म हुने गोही मेलामा गोही प्रजातीको सन्लर्भमा सुचनामुलक श्रब्य दृश्य सामग्री पोस्टर चित्रकला तथा सुचना केन्द्रको अबलोकनका साथै स्थानिय कला सस्कृति खानाका परिकार लगाएतका स्टलहरु पनि रहने छ ।
मेलाको अबधिभर सरक्षण सम्बन्धी नाटक गित नृत्य लगाएतका बिभिन्न कार्यक्रमहरु रहने सयोजक भट्टले बताउनु भयो । उक्त मेलामा बिभिन्न ८ बिद्यालयहरुमा सरक्षण शिक्षा सचालन हुने उहाले बताउनु भयो ।
गोही मेलाले पर्यटकहरुलाई आकर्षण गर्नुका साथै गोही प्रजाती सरक्षणमा मद्दत पुग्ने बागमारा मध्यबर्ती सामुदायीक वनका अध्यक्ष जीतु तामाङ्ले बताउनु भयो ।
नेपालमा घडीयाल मगर २ प्रजाती गोही पाईने गरेको छ । यीनीहरु सख्या घट्दो क्रममा रहेको छ । नेपालमा घडीयाल गोही २ सय ३९ वटा रहेको छ भने मगर गोही गणना हाल सम्म भएको छैन् ।