भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक पत्रकारलाई हरेक बर्ष नगद पुरस्कार प्रदान गरिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ मंसिर ।  भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक बर्ष ५० हजार ५ सय ५५ रुपैया राशीको पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखामा उक्त पुरस्कार स्थापना गर्न लागिएको हो । अक्षयकोषसहित पुरस्कार स्थापनाबारे हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाबीच आइतबार काठमाडौंस्थीत पत्रकार महासंघमा सम्झौता भएको हो । सम्झौता अनुसार पाँच लाख रुपैयाको अक्षयकोष राखिने छ ।

सम्झौतामा फाउण्डेशनको तर्फबाट अध्यक्ष हेम पाठक र पत्रकार महासंघका तर्फबाट अध्यक्ष एकराज गिरीले हस्ताक्षर गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष गिरीले फाउण्डेशनका सस्थापकका पिता टंकप्रसाद पाठक र माता रमादेवी पाठकको नामबाट हरेक बर्ष टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गर्ने गरि सम्झौता भएको जानकारी दिनुभयो ।

उहाले अक्षयकोषको व्याजबाट भ्रष्टाचारविरुद्ध तथा सुशासन प्रवद्र्धनका लागि कलम चलाउने पत्रकारलाई प्रदान गरिने बताउनुभयो ।

महासंघले अक्षयकोष सञ्चालन र पुरस्कार व्यवस्थापनको कामलाई व्यवस्थीत, निष्पक्ष र पारदर्शी बनाउन छुट्टै कार्यविधि तयार गरि लागू गर्ने तथा सवै काम कार्यविधि अनुसार गरिने जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्