रोजगारी सिर्जना गर्न नसक्ने मुलुकको अर्थतन्त्र सवैभन्दा ठूलो समस्या हो -घनश्याम भुसाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १६ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले रोजगारी सिर्जना गर्न नसक्ने मुलुकको अर्थतन्त्र सवैभन्दा ठूलो समस्या भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित नेपाली समाजको मुख्य अन्तरविरोध बिषयक कार्यक्रममा समाजमा देखिएको बिभिन्न बहसको जड रोजगारी सिर्जना गर्न नसक्ने मुलुकको अर्थतन्त्र भएको बताउनुभएको हो । उहाले रोजगारी सिर्जना गर्ने बिषय आर्थिक बिषय मात्रै नभएको र मान्छे बन्ने कुरा भएको धारणा राख्नुभयो ।

नेपाल मुक्ति पार्टी बनाउने तर रोजगारी सिर्जना नगर्ने व्यवस्थालाई कायम राखे झनै फस्ने उहाले बताउनुभयो । भुसालले राज्यसत्तामा रहेका र प्रमुख भनिएका दलहरुले भन्दा रवि लामिछाने र दुर्गा प्रसाई चर्चामा आएपछि मुलुकको अर्थतन्त्रको संकटका बारेमा जनतालाई बुझ्न सजिलो भएको जिकिर गर्नुभयो ।

उहाले मुलुकको राजनीति, आन्दोलन, पुराना पार्टीहरु र यसभित्रको ज्ञान उत्पादनको तरिका डरलाग्दो रहेकाले धेरै कुरा फेर्न जरुरी रहेको धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्