कालोपोतोलाई घरेलु उपचारबाटै कसरी हटाउने ? यि हुन सजिलो उपायहरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १६ । प्राय: धेरैजसो महिलाहरु छालाको सुन्दरताका लागि बजारमा रहेका अनेकौँ कस्मेटिक सामानहरुको प्रयोग गरिरहेको हुन्छन् । सावधानी नअपनाउदा त्यस्ता सामानले सुन्दर छालामा विभिन्न समस्या उत्पन्न हुन सक्छ । अनुहारमा देखिने छालाको समस्यामध्ये कालोपोतो पछिल्लो समय धेरैजसोलाई सताएको पाइन्छ। कालोपोतो माहिला वा पुरुष दुवैको अनुहारमा देखा पर्दछ। तर यो महिलामा धेरै देखा परेको छ। यो हल्का वा गाडा रंगको हुन्छ।

आँखा वरिपरि या अनुहारमा कालो पोतो आउँदा त्यसले अनुहारको सुन्दरतालाई प्रत्यक्ष असर गर्दछ। यसले मानिसमा मानसिक रुपमा तनाव र चिन्ता पैदा गराउँछ ।

कालोपोतोले स्वास्थ्यलाई भने कुनै पनि असर नगर्ने डाक्टरहरुको भनाई छ ।

कालोपोतो के कारणले आउँछ ?

१। मानसिक तनावका कारण,
२। गर्भ निरोधक चक्की
३। रक्तअल्पता,
४। अन्य औषधिको साइड इफेक्ट
५। छालाबाट बढी पसिना आउन
६। हर्मोनको असन्तुलन
७। खानामा ध्यान नदिँदा
८। धूम्रपान सेवन
९। धुलो धुँवा प्रदुषण
१०। महिलालाई इन्ड्रोक्राइनल डिसअर्डर, हाइपोथाइराइडिज्म आदिले कालो पोतोको समस्या देखिन सक्छ।

घरेलु रोकथामका उपाय के के हुन ?

१। कालोपोतो भएकाले घरमै जडीबुटीबाट औषधी बनाई अनुहारमा लगाउँदा धेरै फाइदा हुन्छ।
२। बेसार, चुत्रोको बोक्रा घोटेर पेस्ट बनाएर फेस प्याक लगाउनाले कालो पोतो बिस्तारै हट्दै जान्छ।
३। घ्यूकुमारीको रसमा बेसार, रक्त चन्दन, श्वेत चन्दनको धुलो हालेर बनाइएको सम्मिश्रणलाई छालामा लगाएर एक घण्टापछि मन तातो पानी ले धुने गर्दा पनि कालो पोतोको समस्या घट्छ ।

औषधि र कस्मेटिकको पाटो के हो ?
सन स्क्रिन एसपिएफ ३० माथिको दुई दुई घण्टामा बाक्लो गरेर दुई वटा औंलाको टुप्पोमा राखेर दैनिक लगाउने गर्नुपर्छ।
राम्रो मोइस्चराइजरहरू लगाउने,
सधैँ भिटामिनको प्रयोग गर्ने
नोट यदि तपाईको छालामा केही समस्या आई हालेको खण्डमा भने चिकित्सकको सल्लाह बिना जथाभावी औषधीको प्रयोग गर्नु हुँदैन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्