नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरेको छ – प्रधानमन्त्री

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोग्नुपरेको भन्दै अन्यायपूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धि सम्मेलनलाई शनिबार युएईमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालको शून्य योगदान हुदा पनि यसको गम्भीर असर भोग्नुपरेको भन्दै अन्यायपूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको हो ।

जलवायु परिवर्तनको गम्भीर असर जस्तै बाढी, पहिरो, डढेलो, हिमताल विस्फोट जस्ता समस्याहरु नेपालका जनताहरुले भोग्नुपरेको उहाले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनले भोग्नुपरेको असरका लागि आर्थिक र प्राविधिक सहायता आवश्यक रहेको धारणा राख्नुभयो ।

पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसकेको र यसले हिमालमा ठूलो असर पर्ने र सङ्कट देखा परेको उहाले तबाउनुभयो । सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोष सहयोग समतामूलक रुपमा हुनुपर्ने, प्रक्रिया सहज र पारदर्शी हुुनुपर्ने तथा नेपालजस्ता मुलुकले लाभ लिन पाउनुपर्नेमा जोड दिनुभयो ।

मङ्सिर १४ गतेदेखि सुरु भएको कोप–२८ सम्मेलन मङ्सिर २६ गतेसम्म चल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्