रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

खबर बुक
  • ख-
  • ख+

चितवन, २३ असोज  । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष  रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट पाएका छन् ।

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्