चितवनमा कसले कहाँ उम्मेद्‌वारी दिँदै छन् ?

खबर बुक
  • ख-
  • ख+

चितवन, २३ असाेज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि चितवनमा मनोनयन दर्ता गर्न उमेदवारहरु जिल्ला आएका छन् ।

चितवन १ मा एमालेबाट सुरेन्द्र पान्डे र कांग्रेसबाट विश्व पौडेलले उम्मेद्‌वारी दिने भएका छन् ।

चितवन २ मा एमालेबाट कृष्णभक्त पोख्रेल, कांग्रेसबाट उमेश श्रेष्ठ र नेपाल स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उम्मेद्‌वारी दिने भएका छन् ।

चितवन ३ मा एमालेबाट रामप्रसाद न्यौपाने, माओवादी केन्द्रबाट डा भोजराज अधिकारी, राप्रपाका बिक्रम पाण्डे र कांग्रेसबाट कारबाही भाेगेका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेद्‌वारी दिने भएका छन् ।

यस क्षेत्रमा राप्रपा र एमाले बीच सहमति नभएपछि छुट्टाछुट्टै रुपमा उम्मेद्‌वारी दिन लागेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्