
रसुवा, ४ मंसिर । रसुवाबाट प्रहरीले १२ तोला सुनसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा आमाछोदिङ्मो गाउँपालिका-१, हाकुका ४४ वर्षीय सिने वाङ्दी तामाङ, वडा नम्बर ५ चिलिमेकी १६ वर्षीया किशोरी लाक्पा बुटी तामाङ र वडा नम्बर ४ की २३ वर्षीय लक्ष्मी तामाङ रहेका छन्।
उनीहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले रसुवागढी नाकाबाट आइतबार साँझ पक्राउ गरेको हो। बरामद गरिएको सुनको मूल्य १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ रहेको छ। उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
न्युज कारखाना