फिफा विश्वकप र एएफसी एसिया कपको छनोट चरणको दोस्रो खेलमा नेपालले यमनसँग खेल्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ मंसिर ।  फिफा विश्वकप र एएफसी एसिया कपको छनोट चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र यमनबीचको खेल काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा मंगलबार साँझ ७ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । फिफा बरियतामा यमन १ सय ५६ औं स्थानमा छ भने नेपाल १ सय ७३ औं स्थानमा रहेको छ । नेपाली राष्ट्रिय फूटवल टिमले अर्को चरण पुग्नका लागि खेल जित्नेपर्ने भएकाले शतप्रतिशत दिएर खेल्ने जनाएको छ ।

सोमबार काठमाडौंमा आयोजित प्रि–म्याच कम्फ्रेन्समा प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अंक जोड्नका लागि नेपाललाई उक्त खेल निकै महत्वपूर्ण रहेको बताए । यमन नेपालभन्दा बढि टिम रहेपनि सम्पूर्ण ध्यान खेलमा केन्द्रीत गर्दै उत्कृष्ठ खेल प्रर्दशन गर्ने उनले बताए ।

त्यस्तै कप्तान किरण लिम्बुले खेलका लागि राम्रो तयारी भएको र जित हासिल गर्नेगरि मैदान उत्रने बताए । घरेलुमा खेल खेल्न पाउदा निकै उत्साहित रहेको र केहि दवाव हुनु स्वभाविक रहेको उनले बताए ।

छनोट चरणको पहिलो खेलमा नेपाल घरेलु टोली यूएईसँग ४–० ले पराजित भएको थियो । यमनसंगको खेलका लागि एन्फाले साधारण पाराफिटतर्फ रु ४ सय र भिआइपी पाराफिटतर्फ रु १ हजार टिकट दर कायम गरेको छ । प्रतियोगिताको अनुमानित बजेट रु ७३ लाख ६८ हजार ४ सय रहेको एन्फाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्