विश्वकप क्रिकेट फाइनलमा भारतले अस्ट्रेलियालाई २ सय ४१ रनकाे लक्ष्य दियाे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ मंसिर ।  आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ काे फाइनलमा भारतले अस्ट्रेलियालाई २ सय ४१ रनकाे लक्ष्य दिएकाे छ ।

हैदराबादमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारत निर्धारित ५० ओभरमा २ सय ४० रन बनाउँदा अलआउट भयाे ।

भारतका केएल राहुलले सर्वाधिक ६६ रन बनाए । यस्तै विराट काेहली ५४ र कप्तान राेहित शर्माले ४७ रन जाेडे । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा जाेश हेजलवूड र कप्तान प्याट कमिन्सले समान २ विकेट लिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्