
काठमाडौं, ३ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरीमा छठी माताको पूजा आराधना गर्नुभएको छ ।
आइतबार पूजा स्थलमा राष्ट्रपति पौडेलले अस्ताउँदो सूर्यलाई अर्घ दिनुभयो । राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गर्नुभएको हो ।
राष्ट्रपति पौडेलसँगै प्रथम महिला सविता पौडेलका गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर छठी माताको पूजा आराधना गर्नुभएको हो ।