ललितपुर प्रहरीद्धारा जुवाडेबाट ३३ लाख बढी रकम बरामद

खबर बुक
  • ख-
  • ख+

ललितपुर, ३० कार्तिक । ललितपुर प्रहरीले जुवाडेबाट ३३ लाख २२ हजार बढी बरामद गरेको छ ।

ललितपुर प्रहरीले गरेको बिशेष छापाको क्रममा दसैँ र तिहारमा जुवातास खेल्नेबाट ३३ लाख २२ हजार रुपैयाँ बरामद गरेका हो ।

सोही क्रममा प्रहरीले ६७ जना जुवाडेलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन । उनका अनुसार पारिवारिक मनोरञ्जनबाहेक पैसाका खाल जमाएर जुवातास खेल्ने समुहमा छापा मार्दा पाँच दर्जन बढी पक्राउ गरिएको हो ।

यसरी पक्राउ पर्नेमा ५१ जना पुरुष र १६ जना महिला रहेका छन ।

Newskarkhana.com

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्