गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी जसपा अनुपस्थित

खबर बुक
  • ख-
  • ख+

आज बसेको सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी जसपा अनुपस्थित भएको छ ।

प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा पनि सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा सत्ता गठबनधनको बैठक जारी छ । बैठकमा जसपाका नेता  भने अनुस्थित रहेका बताइएकाे छ ।

जसपाले सत्ता गठबन्धनसँग तालमेल नगरेर नेकपा एमालेसँग चुनाबी तालमेलका लागि छलफल अघि बढाएको छ । तर एमालेसँग पनि उसको सहमति भने हुन सकेको छैन ।

हिजाेको बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव बालुवाटार बैठकको बीचैमा निस्किएपछि सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको थियो ।

२५ सिटको अडानमा अडिएको जसपालाई गठबन्धनको तर्फबाट १६ सिट भन्दामाथि दिन नसकिने बताएपछि उसले एमालेसँग तालमेल गर्न छलफल गरेको छ ।

सत्ता गठबन्धनको बैठकमा नगएपछि कतिपयले जसपा सत्ता गठबन्धनबाट बाहिरिन खोजेको अनुमान गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्