स्वास्थ्य क्षेत्रमा नगरले गरिरहेको कामबारे भ्रम फैलाईएको भन्दै गोकर्णेश्वर नगरपालिकाकाद्धारा खण्डन

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २४ कात्तिक। गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले स्वास्थ्य क्षेत्रमा नगरले गरिरहेको कामबारे भ्रम फैलाईएको भन्दै खण्डन गरेको छ ।

स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको भन्दै प्रदेश सरकारबाट पुरस्कृत गोकर्णेश्वर नगरपालिकाको बदनाम गराउन केहि व्यत्ति लागेको उहाले आरोप लगाउनु भएको छ । उहाले केही व्यक्तिहरु नगरपालिकालाई बदनियत पुर्वक सामाजिक सञ्जालमामा नगरपालिकाले नगरको स्वास्थ क्षेत्र सुधारका लागि गरेको कार्यको विरोधमा अर्नगल प्रचारमा लागेको बताउनुभएको छ ।

उहाले नगरले प्रदान गरिरहेको स्वास्थ्य विमा कार्यक्रमलाई लिएर विना प्रमाण भ्रम फैलाउने काम गरेको भन्दै खण्डन गर्नुभएको छ उहाले नगरपालिकाकको स्वास्थ्य क्षेत्रका बिरोधी, स्वास्थ्य बिमाका बिरोधिहरुले केहि बुझ्दै नबुझी, बिना प्रमाण बिना डाटा सामाजिक संजालमा नकारात्मक भ्रम फैलाइरहेको बताउनुभयो ।

जनताले पाएका सुबिधाको खोइरो खन्ने र देखि नसक्नेहरुको सोच देखेर दया लागेर अाएकाे उहाले बताउनुभयाे ।  उहाले नगरकाे सेवा लिईरहेकाले बिरोध नगरेकाे  बरु राम्रो काम नै भनेर प्रतिकृया पाएकाे बताउनुभयाे । नगर अस्पतालमा उपचार हुन नसकेका बिरामीहरुले त्याहाँको सिफारिसमा नेपाल मेडिकल कलेज, शंखारापुर अस्पताल, नेपाल अर्थोपेडिक अस्पतालमा सम्झौता भए बमोझिम १२१ जनाले सेवा लिएका छन् ।

स्वास्थ्य बिमा बोर्ड बाट भुक्तानी आएको रकम लगभग ५१ लाख रहेको छ । भुक्तानी आउने बाँकि रकम १ करोड २५ लाख लगभग रहेको छ, जुन रकम भुक्तानीको प्रक्रियामा रहेको जनाइएको छ ।

नगरबाट कतिले लिए स्वास्थ्य सुविधा ?

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्