गठबन्धन र एमालेसँग जसपा समानान्तर छलफलमा

खबर बुक
  • ख-
  • ख+

असोज २१, काठमाण्डौ । सरकारमा सहभागी दल जनता समाजवादी पार्टीले भने सत्ता घटक र नेकपा एमालेसँग आगामी चुनावमा तालमेल गर्ने बारेमा समानान्तर छलफल अघि बढाएको छ ।

हिजो बालुवाटारमा गठबनधनको बैठक चल्दै गर्दा अध्यक्ष उपेन्द्र यादव नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि भक्तपुर पुग्नुभएको थियो ।

अध्यक्ष ओलीले २५ सिट दिने प्रस्ताव जसपासामु गर्नु भएको भनिए पनि यस बारेमा जसपाका नेताहरूले केही बताएका छैनन् ।

सत्ता गठबन्धनले जसपालाई १६ सिट मात्रै दिन सकिने बताएपछि अध्यक्ष यादवलगायतका नेता असन्तुष्ट छन् ।

चुनावी गठबन्धनका लागि एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, र जनता समाजवादी पार्टीसँग अनौपचारिक छलफल गरिरहेको छ ।

उपाध्यक्ष सुवास नेम्वाङले कुन निर्वाचन क्षेत्रबाट को उठ्ने भन्ने निश्चित भएपछि टिकटको बारेमा आफ्नो पार्टीले निर्णय सार्वजनिक गर्ने बताउनुभभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्