आजको मौसमः गण्डकी र लुम्बिनिमा पानी पर्ने

खबर बुक
  • ख-
  • ख+

आज दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

जल तथा मौसम पुर्वानुमान शाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मा्रैसम बिभागले जनाएको छ ।

राती पनि देशभर आंशिक देखि सामान्य बदली रहने मौसम बिभागको अनुमान छ तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक९दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्