निरन्तरकाे छलफल पछि वीपीका आन्दोलनरत शिक्षक डाक्टर र पदाधिकारीबीच सहमति, आजैदेखि काममा फर्कने

खबर बुक
  • ख-
  • ख+

धरान, २० कात्तिक । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत शिक्षक डाक्टर र पदाधिकारीहरुबिच सहमति भएको छ ।

मेयर हर्क साम्पाङको रोहवरमा प्रतिष्ठानको गेष्ट हाउसमा भएको वार्तामा आज आन्दोलनकारी र पदाधिकारीहरुबिच सहमति भएको हो । तीन बुदे सहमतिपछि आन्दोलनरत डाक्टरहरु आजैदेखी काममा फर्कने भएका छन् ।

सहमति पश्चात् आयोजित धन्यवाद कार्यक्रममा मेयर साम्पाङले सहमति कार्यान्वयन गराउन लागि पर्ने बताए ।  शिक्षकहरुसङ्ग वार्ता सफल भएपछि अहिले कर्मचारी कल्याण समाजसङ्ग पदाधिकारीहरुको वार्ता जारी छ । मेयर साम्पाङ भने बाहिरी सकेका छन् भने राजनीतिक दलका नेताहरू वार्तामा आएका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्