
काठमाडौं, १९ कात्तिक ।टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो छैठौँ विकेट गुमाएको छ ।
फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य ओमानले पछ्याउन थालेको छ ।त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमाम कप्तान रोहितकुमार पौडेल र गुल्सनकुमार झाको अर्धशतक सहयोगमा नेपालले ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो । ओमानका बिलाल खानले तीन विकेट लिए । अकिब इल्यासले दुई र जिसान मक्सुदले एक विकेट लिए ।