अमलेखगञ्ज बस दुर्घटनाअपडेटः मृत्यु हुनेकाे संख्या १५ जना पुग्यो

खबर बुक
  • ख-
  • ख+

असोज २०, बारा । बाराको अमलेखगञ्जमा रहेको तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा अहिलेसम्म १५ जनाको मृत्यु भएकाे  छ भने २० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् ।

बस दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई हेटौँडाका अस्पताल पुर्‍याएपछि डाक्टरहरूले मृत घोषणा गरेका थिए । दुर्घटनामा ठूलो चोटपटक लागेकाहरूलाई उपचार गर्न हेटौँडाका निजी र सरकारी अस्पतालमा ल्याएपछि १५ जनालाई डाक्टरले मृत्यु भएको घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी वामदेव गौतमले बताउनुभयो ।

ज्यान गुमाउनेमा नौ जना पुरुष र ६ जना महिला रहेका छन् ।

हेटौँडा अस्पतालमा मात्रै १२ जनाको ज्यान गएको हो । चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी गौतमले जानकारी दिनुभयो । उनीहरूको सनाखत हुन बाँकी छ ।

दुर्घटनाका घाइतेहरूको चुरेहिल, हेटौँडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको प्रकृति हेर्दा मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्हरीले जनाएकाे छ ।

नारायणगढबाट पथलैया जाँदै गरेको बा प्र.०६–००१ ख ०१० नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ५१ जना यात्रु रहेका प्रहरीले बताएको छ । जितपुरसिमरा उपमहानगरपालिका २२ मा दुर्घटना भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्