काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसाे १ बजे बस्ने

खबर बुक
  • ख-
  • ख+

उम्मेदवार छनोटका बारेमा छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसाे १ बजेका लागि सरेकाे छ  । यस अघि बिहान ९ बजेका लागि   बोलाइएकाे बैठक सरेकाे हाे ।

बैठकमा सिट बाँडफाँडका बारेमा सत्ता गठबन्धनमा भएको छलफल र सहमतिको प्रयासका बारेमा शीर्ष नेताले जानकारी गराउनेछन् ।

त्यसपछिको छलफलले चुनावका लागि उम्मेदवारको टुङ्गो लगाउने जिम्मा संसदीय बोर्डलाई दिने बारेमा निर्णय गर्ने बताइएकाे छ ।

तीन दिनअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको मापदण्डको बारेमा निर्णय गरेको थियो ।

उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, सामाजिक भूमिका, पार्टीमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाइउने मापदण्ड काँग्रेसको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई भने काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवार नबनाउने निर्णय गरिसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्