कांग्रेसको संस्थापनइतर शेखर कोइराला पक्षले आज छुट्टै भेला गर्दै

खबर बुक
  • ख-
  • ख+

असोज २०, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला पक्षले आज छुट्टै भेला बोलाएको छ।

भेला दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ। भेलाले खबरदारीपछि संस्थापन पक्षले सच्याएर बुझाएको समानुपातिक उमेदवारको बन्दसूचीमा समीक्षा गर्नेछ।

आफ्नो माग संस्थापन पक्षले पूरा नगरे विद्रोह गर्ने चेतावनीपछि बन्दसूची हेरफेर गर्दै शेखर समूहका नेताको नाम थप गरिएको थियो।

आफ्नो समूहबाट प्रत्यक्षतर्फ उमेदवार बन्न इच्छुक र सक्षम व्यक्तिको नाम संकलन गर्ने भेलाले उनीहरुको सूची संसदीय बोर्डमा रहेका सदस्यलाई बुझाउने विषयमा छलफल गर्ने बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्