प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा अलर्ट, दिउँसोसम्म सतर्कता अपनाउन आग्रह

खबर बुक
  • ख-
  • ख+

प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा बाढीको सम्भावना रहेको भन्दै अलर्ट जारी गरिएको छ ।

यी जिल्ला भइ बहने धेरैजसो साना खहरे खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

पश्चिम राप्ती जलाधारको धेरै ठाउँमा पछिल्लो ६ घन्टा अति ठूलो पानी परेको छ । थप वर्षा हुने देखिएकाले पश्चिम राप्ती भालुवाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्न सक्ने अनुमान छ ।

ती क्षेत्रका नदी तटीय क्षेत्र र डुबान हुने होचा ठाउँमा सतर्कता अपनाउन भनिएको छ ।

महाशाखाले दशैँमा यात्रा गर्दा सडक तथा खोलाबारे पूर्वजानकारी लिन तथा धानबाली काट्ने र भित्र्याउने तयारी गरेको भए पूर्व तयारीमा ध्यान दिन आग्रहसमेत गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्